प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खाता खोलेको छ ।
जुम्लामा राप्रपाका उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । शनिबार सार्वजनिक अन्तिम मत परिणामानुसार शाहीले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार नरेश भण्डारीलाई दुई हजार ९४२ मतान्तरले पराजित गरे । उनले १४ हजार ६५ मत प्राप्त गरे । भण्डारीले ११ हजार १२३ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार दीपबहादुर शाहीले ६ हजार ६६४ मत पाए । नेकपा (एमाले)का उमेदवार शान्तीलाल महत चार हजार २८८ मतसहित चौथो स्थानमा रहे ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार विनीता कठायतले ३९८ मत प्राप्त गरिन् । सदरको उनले १० प्रतिशत पनि मत ल्याउन सकिनन् ।
योसँगै उनको जमानत जफत भएको छ । कठायत यसअघि समानुपातिक सांसद थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







