कास्की क्षेत्र नं. २ मा रास्वपाबाट निर्वाचित सांसद उत्तम प्रसाद पौडेलले जनताले व्यक्त गरेको मतलाई खेर जान नदिने प्रतिबद्धता जनाएका छन् ।
रास्वपा पोखरा १६ ले आयोजना गरेको धन्यबाद सभामा पौडेलले देशमा सुशासन कायम गरी विधीको शासन स्थापित गर्ने र भष्ट्रचारको समुल अन्त्य गर्नेु नै पार्टीको उद्धेश्य रहेको बताए । पोखरा १६ का मतदातालाई धन्यवाद व्यक्त गर्दै उनले भोट माग्ने क्रममा गरेका बाचा र प्रतिबद्धतालाई पुरा गर्नु नै आफ्नो पहिलो प्राथामिकता भएको स्पष्ट पारे ।पौडेलले भने “घरदैलोंका क्रममा मैले व्यक्त गरेका बाचा र प्रतिबद्धतालाई पुरा गर्छु, यहाँका समस्याका विषयमा सदनमा कुरा राख्छु ।” उनले विजय र्याली नगर्न पार्टीले निर्देशन दिएको बताउँदै, चुनावमा पक्ष विपक्ष जे भए पनि अव समान रुपमा समस्या समाधानमा अग्रसर हुन आग्रह गरे ।
रास्वपा नेता कुमार खड्काले पौडेललाई बधाई दिदैं जनताले गरेको अपेक्षालाई पुरा गर्न सुझाव दिए । निर्वाचनमा जनताले अथाहा विश्वास गरेर पार्टीलाई विजय बनाएको बताउँदै उनले सुशासन कायम राख्नु र भष्ट्राचार अन्त्य नै अहिलेको मुल एजेण्डा रहेको बताए । वडा समितिका अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जीवन बस्नेतले गरेका थिए । नवनिर्वाचित सांसद पौडेललाई त्यस क्षेत्रका बासिन्दाले फुल माला सहित स्वागत गर्दै देश र जनताको पक्षमा उभिन सुझाव दिए ।
एमालेको गण मानिएको पोखरा १६ बाट पौडेलले सर्वाधिक मत ल्याएका थिए । उनले कुल खसेको मतको ६२ प्रतिशत अर्थात ४ हजार ८६८ मत प्राप्त गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






