प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ३८ हजार ७५० मतगणना भएको छ ।
अब करिब पाँच लाख मत गन्न बाँकी छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ११ हजार ८९१, नेपाली कांग्रेसले १६ लाख ९४ हजार ८८४, नेकपा ९एमाले० ले १४ लाख १२ हजार ८५३, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ६७ हजार ९९९ र श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४६७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ३२४ मत प्राप्त गरेका छन् ।
प्रत्यक्ष तर्फको मतगणना भने सोमबार बेलुका नै सम्पन्न भएको छ । प्रत्यक्षमा पनि रास्वपाले १२५ स्थानमा विजयी हासिल गरेको छ । दोस्रो भएको नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिष्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३, राप्रपा १ र स्वतन्त्रले १ स्थानमा जित निकालेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







