महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्ति लागुऔषध मुद्दामा ३ पटक सजाय पाएका व्यक्ति


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०८२ मा प्रकाशित




पोखरा, फागुन २८

नवनिर्वाचित सांसद महाविर पुनलाई अभद्र व्यवहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा–९ पृथ्वीचोकमा सोमबार पुस्तक बेचिरहेका प्रतिनिधि सभा सदस्यमा हालैमात्र बिजयी भएका सांसद पुनलाई अभद्र व्यवहार गर्ने पोखरा–१३ बाँझापाटनका ४३ वर्षिय विकास गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनलाई आज महेन्द्रपुलबाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

गत सोमबार पुस्तक बेचिरहेका सांसद पुनलाई गुरुङले गालीगलौज गर्दै थुकेका थिए । जवाफमा पुनले पनि थुकेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

पक्राउ परेका गुरुङ लागुऔषध मुद्दामा तीन पटक सजाय पाएका व्यक्ति भएको डिएसपी बस्नेतले जानकारी दिए । उनलाई अभद्र व्यवहारसम्बन्धि मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।