अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
आज विशेष अदालतमा दायर मुद्दामा अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशक भएको बेलामा ७० लाख रुपैयाँ घुस लिएको र गैरकानुनी रुपमा सम्पत्ति जोडेको दावी गरिएको छ । १ असार, २०७९ देखि १६ कार्तिक, २०७९ सम्म राजस्व अनुसन्धान विभागमा रहँदा एचके इन्टरप्राइजेजका सञ्चालक श्रीकृष्ण श्रेष्ठ विज्युसँग राजस्व चुहावटसम्बन्धी अनुसन्धानमा सहजीकरण गरिदिने बहानामा ७० लाख रूपैयाँ घुस लिएको पुष्टि भएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
अधिकारीले उक्त ७० लाख सिधै नलिई विभिन्न व्यक्तिको नाममा खातामा जम्मा गरेको साथै अख्तियारले जनाएको छ । ५० लाख विकास कुमार चापागाईँमार्फत रवीन्द्र लामिछानेको खातामा पुर्याइ भक्तपुरको मध्यपुर थिमीमा जग्गा खरिद गरिएको थियो । बाँकी २० लाख देवेन्द्र केसीको बैंक खातामा दाखिला गरी पोखरास्थित द कुटी रिसोर्टको बैंक ऋण र ओभरड्राफ्ट तिर्न प्रयोग गरिएको अभियोग पत्रमा उल्लेख छ ।
अख्तियारले पूर्वमहानिर्देशक अधिकारीलाई मुख्य अभियुक्त साथै केसी र लामिछानेलाई मतियारको रूपमा प्रतिवादी बनाएको छ । झलकराममाथि ७० लाख बिगो दाबीसहित गैरकानुनी रूपमा आर्जित सम्पत्ति तथा जग्गा जफतको माग गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






