पोखराका दुई स्थानबाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित दुई युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आज पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका युवा र बरामद गरिएको लागु औषध सार्वजनिक गरेको छ । पोखरा –२९ सैनिक बस्तीमा आयुष तामाङको घरबाट लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १९ वर्षीय तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय शिसुवा र लागू औषध नियन्त्रण ब्यूरो पोखरा शाखाको संयुक्त टोलीले उनलाई गत चैत ४ गते साँझ नियन्त्रणमा लिएको हो ।प्रहरीले तामाङ र उनको घरकोठा खानतलासी गर्दा १ हजार ७ सय २१ एम्पुल डाइजापाम, ३ सय ३४ एम्पुल फेनेरागन र ३ सय ७७ एम्पुल ब्रुफिनुर्फिन गरी जम्मा २ हजार ४ सय ३२ एम्पुल लागू औषध बरामद गरेको छ ।
लागू औषधसँगै प्रहरीले दुई थान मोबाइल र ९३ हजार ५ सय रुपैयाँ नगद समेत फेला पारेको छ । यस्तै, पोखरा महानगरपालिका–१० रामघाटबाट प्रहरीले अर्का एक युवकलाई नियन्त्रणमा लिएको छ । तनहुँ स्थायी घर भई हाल पोखरा–१० रामघाट बस्ने २० वर्षीय शिव गिरीलाई गत चैत २ गते राति प्रहरीले पक्राउ गरेको हो । प्रहरीले गिरीको खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने ८ ग्राम ३ मिलिग्राम धूलो पदार्थ रहेको छ । लागू औषधका साथै उनको साथबाट एक थान मोबाइल समेत बरामद गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका तामाङलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप भएको र गिरीलाई लागू औषध सम्बन्धी मुद्दामा एक हप्ताको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, बैशाख १७ पोखरा न्यूरोडमा सञ्चालित सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की गण्डकी…






