भुपु विद्यार्थी मञ्च रतन पाण्डे माविको अध्यक्ष सुरेन्द्र


     एभरेस्ट आवाज    
     चैत्र ९ गते २०८२ मा प्रकाशित




पोखरा १३ आर्बामा रहेको भूतपूर्व विद्यार्थी मञ्च,रतन पाण्डे माविको दोस्रो अधिबेशनले सुरेन्द्रप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

मञ्चको सम्पन्नअधिवेशनले सचिवमा ऋषिराज बराल, सहसचिवमा बिनमबन्धु बराल र कोषाध्यक्षमा सन्तबहादुर थापालाई चयन गरेको हो ।यस्तै मञ्चको सदस्यमा प्रकाश बराल, ममता बराल,दिपेन्द्र सुनार, प्रविन बराल, निशा देवकोटा र सन्तोष सुनार छानिएका छन् । बाँकी आवश्यक पदहरूमा पछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष सुरेन्द्रप्रसाद बरालले जानकारी दिए ।

यज्ञबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद बराल, भुपु विद्यार्थी एवं लोक गायक अमर धिताल लगायतले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा भुमिका खेल्न निर्वाचित समितिलाई सुझाव दिए ।त्यस अवसरमा गुणस्तरीय शिक्षा साथै विद्यालयलाई नमूना बनाउन सबैको सकारात्मक भुमिका रहनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

२०१४ सालमा स्थापना भएको रतन पाण्डे माविले त्यस क्षेत्रको शैक्षिक विकासमा ठुलो योगदान पुर्याएको छ। भारतिय दुतावासको सहयोगमा सुविधा सम्पन्न भवन रहेको सो विद्यालयमा दश जोड दुईसम्मका विद्यार्थी अध्ययनरत छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।