पर्वतको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ ।
विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको निर्माणाधीन आठ कोठे पक्की भवन आर्थिक अभावमा अधुरो बनेको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख बजेटमा निर्माण थालिएको थियो । थप बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माण स्थगित भएको हो । भवन सम्पन्न नहुँदा विद्यार्थी कष्टकर अवस्थामा अध्ययन गर्न बाध्य छन् । चार कक्षासम्म पढाइ हुने विद्यालयमा हाल १९ जना विद्यार्थी रहेको प्रधानाध्यापक शिवानी पुनले जानकारी दिईन् ।
विद्यार्थीलाई भवनको भूँई तलाको टिनले बारिएको कोठामा पढाउँदै आएको उनले बताईन् । साना बालबालिकालाई टिनले बेरेको कोठामा राख्दा हावाहुरी आउँदा कतै टिन उडाएर घाइते बनाउँछ कि भन्ने चिन्ताले अभिभावक र शिक्षकलाई सताउने गरेको प्रधानाध्यापक पुनले गुनासो गरिन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






