कांग्रेसको १५ औं महधिवेशन भदौ अन्तिम साता गर्न प्रस्ताव


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेश भएको छ ।

जारी केन्द्रीय समितिको बैठकमा सभापति गगन थापाले आगामी भदौं २४ देखि २६ गतेसम्म काठमाण्डौंमा नियमित महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् ।बैठकलाई सम्बोधन गर्दै उनले चैत २१ गतेदेखि मसान्तसम्म नयाँ फारम वडासम्म पुर्‍याउने र पुराना अद्यावधिक गर्ने तालिका प्रस्ताव गरेका छन् । त्यस्तै वैशाख १ मसान्तसम्म सबै वडामा सदस्यता अद्यावधिक गर्ने, जेठ १ देखि १५ सम्म जिल्लामा पठाउने, २५ गतेसम्म केन्द्रमा सदस्यता पठाउने र २०८३ असार १५ सम्म केन्द्रले छानबिन गरी अवधि टुंगो लगाउने प्रस्ताव गरेका छन् ।

साउन ३० गते महाधिवेशन प्रतिनिधि चयन गर्ने र भदौ ६र ७ गते जिल्ला अधिवेशन गर्ने र भदौ २४–२६ मा कांग्रेसको महाधिवेशन गर्नेगरी प्रस्ताव गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।