पोखरा, चैत १०
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले बागमती प्रदेशसँग पराजय बेहोरेको छ । आज भएको खेलमा बागमतीसँग गण्डकीले १७० रनको फराकिलो लज्जास्पद हार बेहोरेको हो ।
२९५ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी ३१.५ ओभरमा १२४ रनमा समेटिएपछि लज्जास्पद हार बेहोर्नुपरेको हो । गण्डकीका ६ खेलाडीले खातासमेत खोल्न नसकेको खेलमा अर्जुन कुमालले सर्वाधिक ७४ र सुवास भण्डारीले २९ रन जोडे । गण्डकीको व्याटिङ धरासयी गराउन बागमतीका रिजन ढकाल एक्लैले ३ तथा सन्दीप लामिछाने र ईशान पाण्डेले समान २÷२ विकेट हत्याए ।
यसअघि पहिलो व्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनाएको थियो । बागमतीका ईशान पाण्डेले ७१, आशुतोष घिरैयाले ५९, शुभ कंसाकारले ४४, उत्तम मगरले ३०, विवेक मगरले २७, सन्दीप लामिछानेले २६ तथा शिवम तिवारीले १८ रनको योगदान दिए । गण्डकीका कमल परियारले दुई तथा विपिन खत्री, अंकित न्यौपाने, सिव्रिन श्रेष्ठ र सुवास भण्डारीले समान एक–एक विकेट लिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ भर्ना लिन अन्तरिम आदेश…






