पोखरा १८ चैत ।
सिटीवान टेलिभिजनले नया वर्ष २०८३ को भित्तेपात्रो विमोचन गरेको छ । टेलिभिजनले वार्षिक तिथि मिति राखेर बनाएको क्यालेण्डर गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले विमोचन गरेका हुन् । सो अवसरमा नया वर्षको शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नया सरकारलाई प्रदेश सरकारले सहयोग गर्ने बताए । नया सरकारसँग जनताको आशा र अपेक्षा धेरै रहेको र गर्न सकेमा बालेन सरकारलाई धेरै अवसर पनि रहेको उल्लेख गरे । सरकारले दबाबमुक्त भएर काम गर्न सके जनतामा आशाको सञ्चार गराउन सकिने उनको भनाई थियो । विगतका सरकारलाई जस्तो दबाब समुहको प्रभाव वर्तमान सरकारलाई छैन र हुन्न पनि, त्यसैले गर्न सके सरकारलाई अहिले अवसर छ उनले भने ।
व्यवसायी र सञ्चारकर्मी एक अर्काका परिपुरक भएको भन्दै उनले जनतालाई सुसूचित गराउने काम सञ्चार क्षेत्रको भएकोले अनुसन्धान गरेर राम्रो नराम्रो पक्षलाई उजागर गर्नुपर्नेमा जोड दिए । उनले सिटीवान टेलिभिजनले गरेको कार्य सराहनीय रहेको भन्दै प्रशंसा गरेको टेलिभिजनकी प्रबन्ध निर्देशक अनिसा श्रेष्ठले जानकारी दिईन् ।
लमजुङको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले सिटी वान टेलिभिजनले स्थापनाको छोटो समयमा गरेको काम लोकप्रियता गौरव गर्न लायक रहेको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सूर्यबहादुर भुजेलले नयाँ सरकारले केही आशाको सञ्चार गराएको उल्लेख गरे । पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्यले टेलिभिजनले समयमै क्यालेन्डर विमोचन गरेर सुखद संकेत गरेको बताए ।
पोखरा च्याम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले नयाँ सरकार निर्माण पत्श्चात निजी क्षेत्र उत्साहित रहेको भन्दै विगतमा कमीकमजोरीमा सुधार हुनुपर्ने बताए ।
पोखरा भ्रमण वर्ष २०२५र२०२६ कार्य सम्पादन समितिका संयोजक गोपी बहादुर भट्टराईले पर्यटन क्षेत्रको प्रमोसन र मार्केटिङमा टेलिभिजनले खेलेको भूमिकाको तारिफ गरे ।
लेखनाथ उद्योग वाणिज्य संघ उपाध्यक्ष विक्रम कर्माचार्यले यतिबेला डलरको रेटमा भएको वृद्धि र इन्धनको अभाव लगायतको कारण व्यवसाय क्षेत्रमा असर परेको बताए ।
टेलिभिजनका उपाध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले क्यालेन्डर प्रकाशनमा सघाउने सबैप्रति आभार व्यक्त गरे । कार्यक्रममा टेलिभिजनका बोर्ड अफ डाइरेक्टर सुदिप प्रधानाङ्ग, प्रबन्ध निर्देशक अनिशा श्रेष्ठलगायतले पनि बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं । ज्ञानले अज्ञानको अन्धकार हटाउने गुरुजनप्रति सम्मान व्यक्त गर्दै आज देशभर…





