पोखरा महानगरपालिका वडा नं ४ मा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यायमा चाईनिज भाषा अध्यापन गराईरहेकी शिक्षक हाउ सिङ इनलाई बिहिबार बिदाई गरिएको छ ।
बिगत ५ वर्षदेखि कक्षा ३ देखि कक्षा ७ सम्मका विद्यार्थीलाई चाईनिज भाषाको सिकाई चल्दै आएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । हरेक वर्ष चाईनिज शिक्षक आएर चाईनिज भाषा सिकाउने क्रम चलिरहेको र एउटा शिक्षक एक वर्षभन्दा बढी बस्न नपाउने चाईनिज अन्तराष्ट्रि भाषा केन्द्रको नीति अनुसार इन चाईना फिर्ता हुन लागेको बताए ।नेपालमा चाईनिज भाषा र संस्कृतिको अध्यापन भईरहेको र विद्यार्थीले खुसि मानेर पढिरहेको बताए ।
नेपाली भाषीका लागि यसले पर्यटकिय राजधानी पोखरामा दोभाषेको रुपमा काम गर्नका लागि पनि सहयोगि हुने उनले बताए । बिदाई कार्यक्रममा बिद्यार्थीसहित शिक्षकले पनि भावुक हुँदै शिक्षक इनलाई पुष्पगुच्छा, खादा र माला लगाएर बिदाई गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






