संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०८२ मा प्रकाशित




म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ ।

सूर्यनारायण पुरस्कार संस्थाद्वारा आज बेनीमा आयोजित कार्यक्रममा अग्रज कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले संस्कृतिकर्मी श्रेष्ठलाई नगद रु २५ हजार र कदरपत्र प्रदान गर्नाका साथै दोसल्ला ओढाएर सम्मान गरे । समाजसेवी सूर्यनारायण श्रेष्ठको स्मृतिमा उनका परिवारले स्थापना गरेको संस्थाले हरेक दुईरदुई वर्षमा नेपाली लोक संस्कृति, कला र साहित्यको श्रीवृद्धि गर्न योगदान गर्ने म्याग्देलीलाई सो पुरस्कार अर्पण गर्दै आएको छ । विसं २०८२ को पुरस्कार श्रेष्ठलाई प्रदान गरिएको हो ।

निरन्तर पाँच दशकसम्म गीत, सङ्गीत र नृत्यकलामा अनवरत लगावका साथै साहित्यको माध्यमबाट समाजमा पुर्‍याएको योगदानस्वरूप पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । बेनीको पुरानो सांस्कृति समूह ‘दोभान ब्यान्ड’का सदस्य श्रेष्ठले पचासको दशकमा ‘रेल पुग्यो बम्बैमा’, ‘भेट भयो सलल’मा स्वराङ्कन गर्नाका साथै ‘जिस्की नहिँड’ पपगीत एल्बम बजारमा ल्याएका थिए । सम्मान र ताली ९कथा सङ्ग्रह २०७२० र तिम्रै यादमा गीत सङ्ग्रह २०७८, प्रकाशन गरेका श्रेष्ठ विगत १२ वर्षयता नेपाल भाषा मंका खःलः म्याग्दीको सांस्कृतिक संयोजकको जिम्मेवारीमा छन् ।

पुरस्कार वितरण समारोहमा संस्थाको मुखपत्र ‘गङ्गा’ पनि विमोचन गरिएको सचिव अजयमिलन श्रेष्ठले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।