पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन् ।
प्रहरीले आज बिहान पक्राउ गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौं लगेको केही समयमै उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको थियो । स्वास्थ्य परीक्षण गरेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।दुईपटक मृगौला प्रत्यारोपण गरेका ओलीको ‘मल्टिपल हेल्थ इस्यु’ का कारण जोखिम हुन सक्ने भन्दै अस्पतालको ५०१ नम्बरको बेडमा भर्ना गरिएको हो ।
ओलीलाई २ नम्बर गणमा लगिने स्रोतको भनाइ छ । ओलीलाई भक्तपुरको गुन्डुस्थित उनको निवासबाट पक्राउ गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






