ओली पक्राउ विरुद्ध एमालेले ७७ बटै जिल्लामा प्रदर्शन गर्ने(निर्णयसहित)


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०८२ मा प्रकाशित




पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा, नेकपा एमालेले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ ।

एमालेको आज बसेको सचिवालय बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकले भोलि प्रत्येक जिल्लामा मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।एमालेले आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने,लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने र नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्नेनिर्णय गरेको हो ।

ओलीको रिहाइको माग गर्दै एमाले कार्यकर्ताले काठमाडौँको चावहिलमा प्रदर्शन गरेका छन्। उनीहरूले अध्यक्ष ओलीलाई रिहा गर, प्रतिशोधपूर्ण कारबाही मुर्दावाद, प्रहरीका हत्यारालाई कारबाही गर, सिंहदरबार जलाउनेलाई कारबाही गर, सहकारी ठगलाई कारबाही गर लगायतका नारा लगाएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।