नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीका कार्यकर्ता काठमाण्डौंमा प्रदर्शन गरेका छन् ।
माइतीघरमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच तनावको स्थिति छ । हात हालाहालसम्मको अवस्था देखिएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।माइतीघरमा प्रहरी घेरा तोडेर अघि बढेका प्रदर्शनकारीसँग काठमाडौं जिल्ला अदालत अगाडि झडपसमेत भएको छ ।अदालतअगाडि प्रदर्शनकारीले टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेपसँगै लाठीचार्ज गरेको छ । एमाले कार्यकर्ताले वर्तमान सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०विरुद्ध पनि नारा लगाएका छन् ।२३ वटा भातृ संगठनहरूले गरेको प्रदर्शनका कारण सवारीसाधनको आवागमन प्रभावित भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






