पोखर महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय, कुमुदिनी होम्स माध्यमिक विद्यालयका १२ कक्षाका विद्यार्थीलाई शनिबार बिदाई गरिएको छ ।
कक्षा ११ का विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा उनीहरुलाई आगामी समयका लागि शैक्षिक सफलताको शुभकामना व्यक्त गरिएको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विदाई र स्वागत एक किसिमको कल्चर भएको बताउँदै, ठूलाले सानालाई र सानाले ठूलालाई सम्मान गर्ने संस्कार सानैदेखि विद्यार्थीमा दिन सकियो भने जीवनभर कामयावी हुने बताए। अध्यक्ष पालिखेले विद्यार्थीहरूलाई मेहनत र अनुशासनलाई आफ्नो जीवनको अभिन्न अंग बनाउन आग्रह गरे । विद्यालयले विद्यार्थीको उज्ज्वल भविष्यका लागि अतिरिक्त कक्षा र विशेष सहयोगको योजना बनाएको उनले जानकारी दिए । उनले भने, “साउनमा हुने परीक्षाका लागि विद्यालयले अझै दुई महिना विशेष तयारी कक्षाहरू सञ्चालन गर्नेछ। हामी हाम्रा विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएको हेर्न चाहन्छौँ।”
अध्यक्ष पालिखेले विद्यालयबाट उत्तीर्ण भई जाने विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि विभिन्न अवसरहरू रहेको समेत उल्लेख गरे । उनले नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजसँगको सहकार्यमा कुमुदिनीका उत्कृष्ट विद्यार्थीहरूलाई विएचएम,विविए र विविए फाईनान्स जस्ता विषयहरूमा विशेष छात्रवृत्तिको व्यवस्था गरिएको घोषणा गरे । विद्यार्थीहरूलाई विद्यालयको ‘एम्बेसेडर’ को संज्ञा दिँदै उनले जहाँ गए पनि विद्यालयको संस्कार र सिकाइलाई कायम राख्न सुझाव दिए । कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले आफ्ना अग्रजहरूलाई मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका थिए भने अध्यक्ष पालिखेले नयाँ वर्ष २०८३ को शुभकामना समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा गणित शिक्षक मन बहादुर भुजेल, सहप्राचार्य मुकेश कुमार अधिकारी, निर्देशक कुशल पालिखे, मीना पालिखे विभागीय शिक्षकहरु र विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






