नेपाल ट्रेड युनियन कांग्रेसले नेपालको संविधानमा नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेकाले यो अधिकार खोस्न नहुनेमा जोड दिएको छ ।
युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानको धारा ३४ को ३ ले श्रमिकलाई ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदावाजी गर्न पाउने हकको ग्यारेन्टी गरेकाले ट्रेड युनियन खारेज गर्न नहुने स्पष्ट पारेको हो । युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवरले शासकीय सुधारका दृष्टिले सरकारले ल्याएका कार्यक्रम राम्रा भए पनि बुँदा नं १२ मा ट्रेड युनियन खारेज गर्ने निर्णय श्रमिकलाई मान्य नहुने बताए । “हामीले दलीय ट्रेड युनियन हुनुपर्छ भनेका छैनौँ, तर ट्रेड युनियन खारेज गर्नुपर्छ भन्ने निर्णयमा हाम्रो आपत्ति हो”, उनले भने,“त्यसैले हाम्रो सङ्गठन स्वतन्त्र तथा पेसागत ट्रेड युनियन आन्दोलनको पक्षमा सधैं दृढ छ ।”
युनियनका महासचिव अजयकुमार राईले सरकारले ट्रेड युनियन खारेजसम्बन्धी गरेको निर्णय नेपालको संविधान र अनुमोदित अन्तरराष्ट्रिय महासन्धिसँग पनि मेल नखाने बताए । सरकारको उक्त घोषणाले अन्तरराष्ट्रिय ट्रेड युनियनले पनि चासो राखेको र नेपालको ट्रेड युनियन आन्दोलनप्रति ऐक्यबद्धता जनाएको पनि उनले उल्लेख गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १८ फेवातालमा डुबेर एक बालकको मृत्यू भएको छ । पोखरा महानगरपालिका–१८…






