१३ दिनपछि छुटे ओली र लेखक


     एभरेस्ट आवाज    
     चैत्र २६ गते २०८२ मा प्रकाशित




नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले रिहा गरेको छ ।

त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई बिहीबार बिहान परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।प्रहरीले नियन्त्रणमुक्त गरेपछि ओलीलाई लिन उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, ओलीलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाटै परिवारको जिम्मा लगाइएको छ ।

लेखकलाई पनि महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट परिवारको जिम्मा लगाइएको उनले जानकारी दिए ।पक्राउ गरेको १३ औँ दिनमा उनीहरुलाई छाडिएको हो । आवश्यक अनुसन्धान भएको बेला उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको एसपी भट्टराईले जानकारी दिए ।

ओली र लेखकलाई यही चैत १४ गते भक्तपुरस्थित उनीहरूका निवासबाट प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।