सहारा विद्यालयलाई नेस्ट पोखराले सघाउने


     एभरेस्ट आवाज    
     वैशाख १ गते २०८३ मा प्रकाशित




पोखराको शिवटोलमा रहेको सहारा बाल आधारभूत विद्यालयलाई नेस्ट पोखराले सहयोग गर्ने भएको छ ।

नव बर्षको अवसरमा विद्यालयमा आयोजित शुभकामना आदनप्रदान तथा अभिभावक अन्तरक्रिया कार्यक्रममा नेस्ट पोखराले विद्यालयमा अध्ययनरत करिव १ सय भन्दा बढि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग र तिनका अभिभावकलाई निःशुल्क जीविकोपार्जन सम्वन्धि तालिम प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरेको छ । कार्यक्रममा नेस्ट नेपालका सचिव कुम बहादुर गुरुङले संस्थाले विपन्न आर्थिक अवस्थाका व्यक्तिहरुलाई स्वबलम्वन सम्वन्धि तालिम प्रदान गरि आत्मनिर्भर क्षमताको विकास गर्ने गरि कार्यक्रमहरु सञ्चालन गरिरहेको वताए ।

नेष्ट पोखराका वोर्ड सदस्य डा पदमराज श्रेष्ठले यो कार्यक्रम पाइलोटिङ फेजको रहेको र बिशेष गरि सहारा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको कक्षा छोड्ने दर रोक्नका लागि अभिभावकलाई स्वरोजगारमूलक कार्यक्रमहरु सञ्चालन गरि जीवनस्तर उकास्न संस्थाले लक्ष्य लिएको वताउदै संस्थाको दातृ निकाय जर्मन सरकारलाई धन्यवाद व्यक्त गरे ।विद्यालयका अध्यक्ष विक्रम थकालीले जीविकोपार्जन सम्वन्धि कार्यक्रम विद्यालयसम्म ल्याउन पहल गर्ने वडा ९,कार्यालय र वडा अध्यक्ष दिपेन्द्र मर्सानीलाई धन्यवाद व्यक्त गर्दै म वनाउछु मेरो वडा भन्ने नारामा यो कार्यक्रमले एक ईँटा थप्ने विश्वास लिए । कार्यक्रमा एनआर एन् युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, विद्यालयका सल्लाहाकार तथा सहारा क्लब पोखराका वरिष्ट उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, चिल्ड्रेन नेपालका कार्यक्रम अधिकृत रमेश सुवेदी, कृष्णटोल आमा समूहकी अध्यक्ष रुपा केसी, सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापा र जनप्रतिनिधी नन्दराम गिरिले मन्तव्य राखेका थिए ।

पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा स्वागत प्रधानाध्यापक लोचना अधिकारी र विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।