मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिसमा यू १८ तर्फ दर्शिललाई स्वर्ण, यू १२ र यू १४ मा सारालाई दोहोरो स्वर्ण


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८३ मा प्रकाशित




कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबार पोखरामा सम्पन्न यू १८ ब्वाइज सिंगल्सतर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जिते भने गर्ल्स सिंगल्सतर्फ सारा पन्तले यू १२ र यू १४ तर्फ स्वर्ण पदक जितेकी छन् ।

सम्पन्न प्रतियोगिताको यू १८ ब्वाइजतर्फ दर्शिलले फाइनलमा शास्वत बज्रचार्यलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरे ।यू १६ ब्वाइजतर्फ सन्दिप विकले स्पन्दन उदासलाई ६–२, ३–६, ६–१ ले फाइनलमा पराजित गरी स्वर्ण पदक जिते भने सन्दिपले रजत पदक हात पारे । यू १६ गर्ल्सतर्फ श्वरा थापाले स्वर्ण जितिने भने ऐरा खत्री रजत पदकमा सिति भइन् । श्वराले फाइनलमा ऐरालाई ४–६, ६–२, ६–१ को संघर्षपूर्ण जित निकालिन् ।

यू–१२ गर्ल्सतर्फ सारा पन्तले फाइनलमा नाइरा घलेलाई ६–२, ६–१ ले हराइन् भने यू१४ तर्फ साराले श्वरा थापालाई ६–४, ६–१ को सहज जित निकाल्दै स्वर्ण पदक जित्दा श्वारा रजत पदक हात पारिन् । यू १२ व्वाइजतर्फको फाइनलमा बेदान्त चालिसेले अरित मल्ललाई पराजित गरी स्वर्ण पदक जिते । बेदान्तले अरितलाई फाइनलमा ३–६, ७–६ र ६–२ ले पराजित गरेका थिए । त्यस्तै यू १० ब्वाइजतर्फ कायान चालिसेले फाइनलमा सोनाम घलेलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरी स्वर्ण पदक जित्दा यू १४तर्फ आरित मल्लले बेदान्त चासिलेलाई फाइनलमा ६–४, ६–१ ले पराजित गरी स्वर्ण पदक जिते भने आरितले रजत पदक हात पारे ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार श्री मोहन बहादुर शाही, उनका नाती भिग्नजित शाही, नेपाल टेनिसका उपाध्यक्ष बिनोद कायस्थ, केन्द्रिय सदस्य विष्णु बहादुर थापा, प्रतियोगिताका संयोजक लोक बहादुर गुरूङ, कास्की टेनिसका द्वितिय उपाध्यक्ष नविन श्रेष्ठ, नेपाल नं १ टेनिस खेलाडी प्रदिप खड्का, टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले पदक, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।

समापन कार्यक्रम कास्की टेनिसका कार्यबाहक अध्यक्ष नविन चालिसेको अध्यक्षतामा भएको थियो । यहि बैशाख ५ गतेबाट सञ्चालन भएको प्रतियोगिता ८ वर्ष मुनी देखि १८ वर्ष मुनीका ९० जना जुनियर खेलाडीहरुले सहभागिता जनाएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।