नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्यसका लागि सबै साथीहरुसँग संवादमा रहेको समेत स्पष्ट पारे । सभापति थापाले नेपाली कांग्रेस सङ्घीय संसद्मा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताए ।
उनले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्ने तथा संविधानको कार्यान्वयनलगायत जनतासँग सम्बन्धित विषयमा सहयोग रहने बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्…






