चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका व्यापारीलाई कोरलास्थित व्यापारिक भवनमा निःशुल्क स्थानको व्यवस्था गर्ने भएको छ ।
उक्त काउण्टीले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा एक वर्षका लागि निःशुल्क सटर उपलब्ध गराउन सहमति जनाएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङले जानकारी दिए । नेपाल र चीनबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले भवनका सटर एक वर्षका लागि व्यापारीलाई निःशुल्क उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको तथा दोस्रो वर्षदेखि शुल्क तिर्नुपर्ने व्यवस्था भएको उनले बताए । उक्त भवनमा व्यापार गर्न चाहने ४५ जनाले नाम दर्ता गराएका छन् ।
लोमान्थाङ–२ छोसेरका वडाध्यक्ष कर्मा नाम्ग्याल गुरुङले सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन् । यो वर्ष ५० वटा सटर उपलब्ध हुने वडाध्यक्ष नाम्ग्यालले बताए । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङको दुईपालिकाका लागि औपचारिक रुपमा नाका खुल्ला गरिएको थियो । नाका खुलेपछि सीमावर्ती क्षेत्रका स्थानीयले बोर्डर पास लिएका थिए । कोरलानाकामा हाल नेपाल–चीन दशगजा क्षेत्रको नेपाली भूमिमा करिब ७० जनाले त्रिपाल टाँगेर व्यवसाय गर्दै आएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको…






