महायज्ञमा भण्डारी परिवारद्वारा १ लाख ११ हजार १ सय रुपैयाँ योगदान


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०८३ मा प्रकाशित




पोखराको हेमजामा आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञमा दाताहरूको उत्साहजनक सहभागिता निरन्तर बढ्दै गएको छ।

यसैक्रममा पोखरा–०५, मालेपाटन निवासी टंकबहादुर भण्डारी तथा मिरासिंह भण्डारी केसीले मानवसेवा आश्रम, हेमजाको अक्षयकोष श्रीवृद्धिका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । बुधबार महायज्ञमा सहभागी जनाउँदै भण्डारी दम्पत्तीद्वारा १ लाख ११ हजार १ सय ११ रुपैयाँ योगदान प्राप्त भएको आयोजकले जनाएका छन् । मानवसेवाको पवित्र भावनासहित गरिएको यस योगदानले आश्रममा आश्रित असहाय, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूको व्यवस्थापन तथा सेवा विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

महायज्ञमार्फत संकलित सहयोगले दीर्घकालीन रूपमा आश्रमको अक्षयकोष सुदृढ बनाउँदै मानवसेवाको अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको छ । उक्त सहयोगप्रति आयोजक समितिले भण्डारी परिवारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। महायज्ञ पोखरा २५ हेमजामा बैशाख २६ सम्म जारी रहने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।