नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् ।
महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगत्तै अन्य नव निर्वाचित सदस्यहरुले समेत शपथ गराएका छन् ।नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पदबहाली गर्दै नयाँ सरकारसँग केही संवाद भइसकेको र निजी क्षेत्रको मनोबल बढाउन रणनीतिक प्रस्ताव पनि गरिएको बताए । उनका अनुसार, विगतमा ६ खर्ब रुपैयाँ हाराहारी सहकारीमार्फत ‘एसएमई’हरूमा परिचालन गरिएको थियो । तर, सहकारीमा समस्या आएपछि एसएमईमा पुँजी अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराइएको उनले उल्लेख गरे ।
सरकारले निजी क्षेत्रमैत्री व्यवसायको वातावरण बनाउन करका दर घटाउने, विभिन्न झन्झटिला कानुनदेखि राजस्व अनुसन्धान विभाग खारेज गरिसकेको उनले स्मरण गरे । अझै बाँकी समस्या समाधानका निम्ति अग्रसर रहेको सरकारले आश्वासन दिएको उनले सुनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको…






