पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०८३ मा प्रकाशित




नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानास्थलमा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । विमानास्थल निर्माणको भन्सार छुटमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले कार्कीसहित तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याललाई पनि सजायको माग गरेको छ ।

त्यस्तै अख्तियारले चिनियाँ कम्पनी सीएएमसी त्यसका अध्यक्ष र परियोजन व्यवस्थापक अनि कम्पनी म्यानेजरलाई समेत मुद्दा चलाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।