नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले क्रियाशील सदस्यता नवीकरण गरेका छन् ।
पार्टीले सञ्चालन गरेको जरा अभियान अन्तर्गत प्रवक्ता चालिसेले शुक्रबार गृह जिल्ला कास्की आई आफ्नो वडा ईकाई समिति पोखरा महानगरपालिका वडा नं ८ मा पुगेर क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गरेका हुन् । वडामा सदस्यता अद्यावधिक कार्यक्रमको औपचारिक सुरुवात गर्दै प्रवक्ता चालिसेले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउन यो अभियान सञ्चालन गरिएको जानकारी दिए । ‘पार्टीलाई प्रविधिमैत्री बनाउँदै सबै कार्यपद्धतीलाई डिजिटलाईज्ड गर्न आवश्यक छ । समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ,’ प्रवक्ता चालिसेले भने, ‘त्यो अभियानमा म सहभागी भए । सबै साथीहरू सहभागी हुने अपेक्षा छ ।’
चालिसेले परम्परागत तरिकाले सञ्चालन हुँदै आएको पार्टी प्रक्रियालाई अब डिजिटल युग अनुसार रूपान्तरण गर्नुपर्ने बताए । सदस्यता व्यवस्थापन, अभिलेखीकरण, आन्तरिक सञ्चार र निर्णय प्रक्रियालाई डिजिटल बनाउन सके पार्टी थप चुस्त, पारदर्शी र प्रभावकारी हुने उनको भनाइ छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा…






