राष्ट्रिय स्वतन्त्र पार्टीले जनप्रतिनिधिहरूलाई आजदेखि दोस्रो चरणको प्रशिक्षण सुरु गरेको छ ।
शनिबार स्टाफ कलेज जाउलाखेल ललितपुरमा प्रशिक्षण सुरु भएको हो ।बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको रास्वपाले जनाएको छ ।प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी छन् । कार्यक्रममा बोल्दै पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले जनताले कामको मूल्यांकन गर्न थालिसकेकाले त्यसतर्फ ध्यान दिन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै सबैले आफूलाई निरन्तर सक्षम, जिम्मेवार र जनमुखी बनाउँदै लैजान अत्यावश्यक रहेको बताए।
उनले प्रशिक्षण केवल औपचारिक कार्यक्रम मात्रै नभएको बताए। संसदीय दलमा उपस्थित सबै सांसदको क्षमता विकासका लागि आयोजना गरेका कार्यक्रमलाई कम महत्त्व दिएको भन्दै असन्तुष्टि जनाए।प्रशिक्षण कार्यक्रम आज र भोलि हुनेछ ।यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरस्थित ग्वार्कोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो । त्यतिबेला विषय विज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ…






