सन्देश श्रेष्ठ
पोखरा, बैशाख ३०
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । महासंघको पोखरामा भएको सातौं महाधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा प्रतिष्पर्धी हरिशरण केसीलाई ५ सय ६६ मतान्तरले पराजित गर्दै सिटौला अध्यक्षमा बिजयी भएका हुन् । बिजयी सिटौलाले १ हजार ३० मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी केसीले ४६४ मत प्राप्त गरे ।

महासंघको बरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापतीले ८२६, ऐनकुमार साईले ७४९ र केदार पौडेलले ५ सय ७९ मत ल्याएर बिजयी भए । बरिष्ठ उपाध्यक्षमा ६ जनाबीच भएको प्रतिष्पर्धामा राजेन्द्र रिजाल ४९७, सुनिल कुँवर ४९१ र गोकर्णप्रसाद पराजुली ४१५ मत ल्याएर पराजित भए ।
७ उपाध्यक्षमा चन्द्रा ओझा ७८३, डम्बरराज पन्त ६९३, आत्माराम थापा ६३१, कान्छाराम थिङ्ग ६१०, कान्छाराम बल ५८५, जितबहादुर भारती ५५६ र रामप्रसाद सुवेदी ५३९ मत ल्याएर बिजयी भए । १३ जनाबीच भएको प्रतिष्पर्धामा रवि रिमाल ५३५, रुपकलाल श्रेष्ठ ५०६, रामशशी पाण्डे ४९१, राजेन क्षेत्री कँडेल ४५३, डिलबहादुर ढुंगाना क्षेत्री ३४० र लिलाबहादुर गुरुङले ३१३ मत प्राप्त गरेर पराजित भए ।
महासंघको उपाध्यक्ष (मालवाहक)मा यादवलाल श्रेष्ठ ७६ मत प्राप्त गरेर बिजयी भए भने पराजित नविन प्रजापतीले ६३ मत प्राप्त गरे ।
महासचिवमा डेकनाथ गौतमले ६९८ मत ल्याएर बिजयी भए । ३ जनाबीच भएको प्रतिष्पर्धामा ज्ञानेन्द्र श्रेष्ठले ४८९ र शम्भुप्रसाद रिजालले २८३ मत प्राप्त गरेर पराजित भए ।
३ उपमहासचिवमा देविन श्रेष्ठ ८४१, भानुभक्त बराल ७६१ र पुरुषोत्तम सिंखडाले ६१३ मत ल्याएर बिजयी भए । सो पदमा ५ जनाबीच भएको प्रतिष्पर्धामा रजन रोक्का ५६२ र मनप्रसाद आचार्यले ४९७ मत ल्याएर पराजित भए ।
३ सचिव पदमा उमेश केसी ५९९, चेतप्रसाद गौतम (अर्जुन) ७६१ र टंकप्रसाद बस्यालले ६१३ मत ल्याएर बिजयी भए । ७ जनाबीच भएको प्रतिष्पर्धामा जीवनकुमार बञ्जाडे ५१८, नारायणप्रसाद भट्टराई ४७०, मानबहादुर सावद २७८ र विक्रम गिरीले २६३ मत ल्याएर पराजित भए ।
कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मत ल्याएर बिजयी भए । ३ जनाबीच भएको प्रतिष्पर्धामा राजेशकुमार श्रेष्ठले ५१२ र किरणकुमार खड्काले २२५ मत ल्याएर पराजित भए । सहकोषाध्यक्षमा शोभाखर पौडेल ७९५ मत ल्याएर बिजयीहुँदा ठाकुरनाथ सुवेदीले ५४० मत प्राप्त गरेर पराजित भए ।
महासंघको १४ सदस्यमा समीक्षा गुरुङ, अर्जुन श्रेष्ठ, गोपाल कार्की, दीपक बोहोरा, अशोककुमार चौधरी, प्रकाश तिवारी, कृष्णप्रसाद सुवेदी, गणेशराज पाण्डे, पदमराज सापकोटा, गणेशबहादुर गुरुङ, हरिभक्त श्रेष्ठ, टेकेन्द्र राई, भुपेन्द्र खड्का र हेमराज दाहाल बिजयी भए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने पोखरा स्पोर्टस् अवार्डको १० औं संस्करणमा…




