शिल्पी समुदायका वालवालिकालाई सनातन संस्कृती अध्ययनका लागी आवासीय गुरुकुल स्थापना गर्नको लागि पोखरामा सुझाव संकलन गरिएको छ ।
प्रस्तावित विश्वकर्मा वैदिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विश्वहिन्दु महासंघ राष्ट्रिय समितिका केन्द्रिय सदस्य एवम शिल्पी समन्वय विभागका केन्द्रीय अध्यक्ष गणेश बराईलीले सनातन धर्म रक्षार्थ बिश्वकर्मा पण्डीतहरुबाट कर्मकाण्डी कार्य गर्दै आएको बताउदै, शिल्पी पण्डीत गुरुहरुको ज्ञान र क्षमतालाई अझ चुस्त बनाउनु पर्नेमा जोड दिए । विश्वकर्मा समाज नेपालका संस्थापकसमेत रहेका उनले धामी प्रशिक्षण नियमित गर्ने र भविष्यमा शिल्पी समुदायका वालवालिकालार्इ सनातन संस्कृती अध्ययनका लागी आवासीय गुरुकुल स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए ।
विश्वहिन्दु महासंघका केन्द्रिय सदस्य, धर्म गुरु नरबहादुर सेन्चुरी (गौदास बाबाले गुरुकुलमा दलित विद्यार्थीहरू पनि जातीय विभेदरहित तवरले पढ्नको लागि विश्वकर्मा वैदिक प्रतिष्ठान एवम गुरुकुल स्थापना हुनुपर्ने बताए । युवा ज्योतिष पण्डित गुरु चन्द्रकान्त पौडेलले जातीय विभेद अन्त्य गर्न र धार्मिक अनुष्ठानमा दलित सहभागी हुन, जनजाति परिवारबाट संस्कृत पढ्न पाउनुपर्ने र त्यसको लागि आँफै लड्नुपर्ने बताए ।
पौडेलले मुक्तिनाथ संस्कृत गुरुकुलमा दलित विद्यार्थीहरूले पनि पढ्न पाउनुपर्छ भनी समर्थन गर्दा दलितहरूको नै सर्मथन नपाएको गुनासो गर्दै ‘दलित मुक्तिको बाटो‘ भन्दा पनि ‘समानताको अभियान‘ लाई आफै सशक्त भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्वागत विश्वकर्मा महिला समितिका अध्यक्ष कौशिला वराइली र सञ्चालन अशोक घिमिरेले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


होटल संघ पोखरा नेपाल लगायत पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले रात्रीकालिन व्यवसायसँग सम्बन्धित…






