संसदिय निर्वाचनको झल्को दिने गरी विद्यार्थीले मतदानबाटै विद्यालय छात्र छात्रा प्रमुख छनौट गरेका छन् ।
पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले मताधिकार प्रयोग गरी आफ्ना प्रमुख छानेका हुन् । सो निर्वाचनबाट कक्षा १० मा अध्ययनरत छात्रा मञ्जिसा भुजेल र कक्षा ९ मा अध्ययनरत छात्र सफल घर्ती मगर प्रमुख छात्र तथा छात्रामा निर्वाचित भएको सामाजिक शिक्षक तथा निर्वाचन आयुक्त विपीन गौतमले जानकारी दिए । पाँच जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको सो निर्वाचन कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।उम्मेदवारहरूले आफ्ना योजना तथा विद्यालय सुधारसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
निर्वाचन सम्पन्न गराउन सामाजिक शिक्षक विपीन गौतमको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन टोली गठन गरिएको थियो । विद्यालयमा हुने गतिविधिहरुलाई सहज रुपमा सम्पन्न गर्न तथा विद्यालयलाई अनुशासित क्षेत्र बनाउन तथा विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाको बारेमा पनि जानकारी गराउनको लागि मतदान प्रक्रियाबाट विद्यालय छात्र तथा छात्रा प्रमुखको छनोट गरिएको विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
मतगणना र मत परिणाम घोषणापछि विद्यालयका प्राचार्य श्रेष्ठले खादा र ब्याज वितरण गर्दै निर्वाचित विद्यार्थीलाई बधाई ज्ञापन गरे ।विद्यालय प्रमुख छात्रछात्रालाई निर्वाचन आयुक्त गौतमले सपथ खुवाएका थिए । निर्वाचनका लागि आवश्यक सामाग्रीको व्यवस्था जिल्ला निर्वाचन कार्यालयको समन्वयमा भएको विद्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाँचौ मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा पालिखेचोकस्थित प्रतिभा मावि च्याम्पियन भएको छ…





