प्रतिनिधिसभा बैठक सुरु, श्रम संस्कृतिले देखायो पर्चा


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०८३ मा प्रकाशित




प्रतिनिधिसभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका सांसद्ले पर्चा देखाएर विरोध जनाएका छन् ।

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रम संस्कृतिका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ पोस्टर हातमा लिएर उठेका थिए । सभामुख डोलप्रसाद अर्यालले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बल्ल बसेका थिए ।बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् ।

त्यस्तै, बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अन्त्यमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।