सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा मर्यादित भई प्रस्तुत हुन श्रम संस्कृति पाटीलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै श्रम संस्कृतिका सांसदले पर्चा लिएर विरोध गरेपछि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै यस्ता अभद्र व्यवहार नगर्न चेतावनी दिए ।उनले पाटीृका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङसहितका सांसदलाई आफ्नो क्रियापलाप र व्यवहार सच्याउन सुझाव दिए ।
बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिए । अध्यक्ष साम्पाङले जनताको प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताए । उनले प्रश्नोत्तरका लागि सरकारलाई रुलिङ गर्न माग गरे ।उनले माग पूरा नभएसम्म पर्चा देखाइरहने चेतावनी दिए ।
सभामुख अर्यालले आजै केही मन्त्रीहरूले सदनमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही…






