नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा पोखराका गोकर्ण कार्की मनोनीत भएका छन् ।
संघको नवनिर्वाचित कार्य समितिले केन्द्रीय कार्यकारिणी समिति सदस्यमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष कार्कीसहित ६ जनालाई मनोनीत गरेको हो। शुक्रबार बिहान बसेको महासङ्घको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष अन्जन श्रेष्ठको प्रस्तावमा ६ जना सदस्य मनोनीत गरेको महासंघले जनाएको छ ।मनोनीत हुने अन्य सदस्यमा ललितपुरका मनिषलाल प्रधान, मोरङका नवीन रिजाल र पोखराका कार्की जिल्ला नगरतर्फबाट मनोनीत भएका छन् ।
यस्तै, वस्तुगत तर्फ कत्था उत्पादक सङ्घका शिव प्रसाद घिमिरे, महिला उद्यमी महासङ्घबाट दर्शना श्रेष्ठ र एसोसियट तर्फबाट साहारा जोशी केन्द्रीय सदस्य मनोनीत भए । मनोनीत हुनेमा जिल्ला नगरबाट ३ जना, वस्तुगतबाट २ जना र एसोसियटबाट एक जना छन् । महासङ्घको विधान अनुसार २ जना महिलासहित ७ जना मनोनीत गर्नुपर्नेमा अब १ जना मनोनीत गर्न बाँकी छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः किरण के.सी चयन भएका छन् । शुक्रबार…







