पोखराको पुरञ्चौर र हेम्जा जोड्ने सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण हुने भएको छ ।
२०७९ साल असार ४ गते आएको विनाशकारी सेती नदीको बाढीले मर्दि दोबिल्लास्थित मोटरेबल पुल बगाएपछि त्यस क्षेत्र भएर आवत जावत गर्न समस्या भएको थियो । स्थानीय जनप्रतिनिधिको लगातारको दबाब पछि त्यहाँ पुल निर्माणका लागि सोमबार सडक विभाग कास्कीले बोलपत्र आव्हान गरेको छ ।करिब १० करोड लागतको पुल निर्माणका लागि बोलपत्र आव्हान भएपछि अब पुल निर्माण हुनेमा स्थानीयबासी ढुक्क भएका छन् । पुल निर्माणका लागि सडक विभाग पोखरा तथा भौतिक पूर्वाधार मन्त्रालय, काठमाडौंमा ८ पटकसम्म पुगेर आवश्यक ध्यानाकर्षण गराईएको र फलस्वरुप अहिले त्यसले पुर्णता पाएको पोखरा १९ का वडा सदस्य विकासकुमार आचार्यले जानकारी दिए ।
पुल निर्माणमा मन्त्रालयको ध्यानाकर्षण गराउन यस अघि वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पुर्व वडाध्यक्ष शोभामोहन पौडेल, जनप्रतिनिधी विकासकुमार आचार्य, पुर्व वडा सदस्य कृष्णप्रसाद गौतम, इमानराज पौडेललगायतका पटक पटक काठमाण्डौं पुगेका थिए । ढिलै भए पनि पुल निर्माणका लागि बजेट सुनिश्चिततासहित टेण्डर आव्हानले अब ढुक्क भएको आचार्यको भनाई छ । २०८३ भित्रै सक्ने गरी असोज कार्तिक बाट पुल निर्माण कार्य सुरु हुने बताईएको छ ।
पुल निर्माणपछि पोखरा–१९ पुरञ्चौर र पोखरा–२५ हेम्जाबीचको आवतजावत सहज र सुरक्षित हुने स्थानीयले बताएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पुरञ्चौर र हेम्जा जोड्ने सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण…







