पोखराको बाटुलेचौरस्थित मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा संचालित चमेना गृहलाई कास्की प्रशासनले कारवार्ही गरेको छ ।
गत जेठ १६ गते जिल्ला प्रशासन कार्यालयसहितका निकायले अनुगमन गर्दा चमेना गृहमा पर्याप्त सरसफाई नभएको, विल बिजक उपलब्ध नगराएको तथा पेशा व्यवसाय नविकरण नगरी संचालन गरेको पाईएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । अनुगमन टोलीले मागेका कागजात उपलब्ध गराउन नसके पछि सो चमेना गृहलाई १० हजार रुपैंयाँ जरिवाना तोकिएको थियो ।जरिवानाको रकम दाखिला भईसकेको बरालले बताए । टोलीले उक्त चमेना गृहलाई सम्झौंता अनुसार मुल्यसुची राख्न,नियमित सरसफाई गर्न,म्याद गुज्रेका सामान सुरक्षित रुपमा नष्ट गर्न, खाद्य र अखाद्य बस्तु छुट्टाछुट्टै राख्न लगायतका निर्देशन दिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालको संयोजकत्वमा गएको टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,जिल्ला प्रहरी कार्यालय,राष्ट्रिय उपभोक्ता मञ्च र संचारकर्मि सहभागि थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको नागढुंगा आमा समुहले फोहरमैला व्यवस्थापनमा…







