नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुसिल कुमार गुरुङ निर्वाचित 


     एभरेस्ट आवाज    
     जेठ २३ गते २०८३ मा प्रकाशित




पोखरा । नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशको नवौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ । रुपाकोट रिसोर्टमा शनिबार सम्पन्न अधिवेशनबाट सुसिल कुमार गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनील श्रेष्ठ, उपाध्यक्षमा पुरुषोत्तम पौडेल, सचिवमा केशव पराजुली, सहसचिवमा दिलीप केसी तथा कोषाध्यक्षमा तारानाथ आचार्य निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा अर्जुन गिरी, विनोद केसी, आस्विन ढुङ्गाना, सुदीप कंडेल तथा जीवन खत्री चयन हुनुभएको छ ।

निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिको संयोजकको भूमिका शिवराज पहारीले निर्वाह गर्नुभएको


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।