जेष्ठ २५,पोखरा
फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक तथा डुंगामा सयर गर्ने यात्रुहरुको बिमा गरेको छ । संगठनले शिखर इन्स्योरेन्स कम्पनीसंग आगामी १ वर्षका लागि बिमा गरेको हो । अब फेवातालमा कुनै दुर्घटना भएर घाइते भएमा डुंगा चालक तथा यात्रुले उपचार खर्च १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । मानविय क्षति भएमा परिवारले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
संगठनमा दर्ता भई सञ्चालनमा रहेका डुंगामा यो नियम लागू हुने संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । फेवातालमा वर्षेनी विभिन्न किसिमका दुर्घटनाहरु हुँदै आएका छन् । बिमा गरेसंगै डुंगा चालकहरुले पनि सुरक्षाको महशुस गरेका छन् । फेवातालका विभिन्न ८ वटा डुंगा स्टेशनबाट ८ सय ४७ डुंगा सञ्चालन भइरहेका छन् । यहाँ झण्डै ३ सय ५० जना डुंगा चालक रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र वातावरण अनुकूल…







