कन्चन क्यापिटल प्रा.लिले रक्तदान कार्यक्रम गर्ने भएको छ ।
संस्थाको सातौं वार्षिकोत्सवको अवसर पारेर यही असार ४ गते बिहीबार कार्यक्रम आयोजना गरिएको हो । अर्चलवोटस्थित कञ्चन डिपार्टमेण्टल स्टोर परिसरमा विहान ८ बजेदेखि रक्तदान कार्यक्रम शुरु हुने प्रा.लिका अध्यक्ष नितिन बज्राचार्यले जानकारी दिए । पोखरामा रगत अभाव भईरहेका बेला सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम आयोजना गरिएको अध्यक्ष बज्राचार्यले बताए । उनले मानव सेवाको ठुलो कार्य रक्तदान नै भएकाले सो कार्यक्रममा सहभागि हुन आग्रह समेत गरेका छन् । केही दिन अगाडी प्रादेशिक रक्त संचार केन्द्र, पोखराले रगत अभाव रहेको जनाएको थियो ।प्रादेशिक रक्तसञ्चार सेवाका अनुसार पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने गरेको छ ।
संस्थाले यसअघि पनि मानवीय सेवाका बिभिन्न कार्य संचालन गरेको थियो । आफ्ना प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई केन्द्रित गरी कन्चन क्यापिटलले नेपाल मणिपाल शिक्षण अस्पतालसँग सम्झौंता गरी कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना लागु पनि गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा दुबई उडानका लागि टिकट बुकिङ खुलेको छ। पोखराबाट सिधैं मध्यपूर्वको गन्तव्यसम्म…







