पोखरा, २८ जेठ
पोखरा महानगरका ३ क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी र क्याम्पस परिवारले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)का सेवामा छुट पाउने भएका छन् । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलसँग कालिका बहुमुखी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका बहुमुखी क्याम्पसको छुट्टाछुट्टै सम्झौता भएको छ ।
यी क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा क्याम्पस सञ्चालक समितिका सदस्य र सिनेटरले युआरएलका हरेक रक्त परीक्षणमा ३० प्रतिशत छुट पाउने छन् । सेवा लिन उनीहरुले क्याम्पसले जारी गरेका परिचयपत्रसहित आउनुपर्ने र यो सम्झौता २०८५ जेठसम्म लागू हुने युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए
उनले गुणस्तरीय, विश्वसनीय र सहज स्वास्थ्य परीक्षण सेवामा पहुँच प्रदान गर्न युआरएलले विभिन्न संघ, संस्थासँग छुट सम्झौता र स्वास्थ्य शिविरहरु गर्दै आएको जनाए । ‘आगामी दिनमा समेत यस्तै सहकार्य र साझेदारीमार्फत समुदायको स्वास्थ्य प्रवद्र्धनमा सँगै अघि बढ्ने छौं,’ उनले भने ।
गण्डकी प्रदेशकै पहिलो र अग्रणी ल्याब भएकाले सहज र सरल सेवा र सामाजिक उत्तरदायित्व वहनमा पनि अग्रणी र उदाहरणीय बन्न यस खालको सहकार्य भएको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थको भनाइ छ । करिब १३ वर्षअघि स्थापना भएको युआरएलले गण्डकी प्रदेशका २४ स्थानबाट सेवा प्रवाह गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा दुबई उडानका लागि टिकट बुकिङ खुलेको छ। पोखराबाट सिधैं मध्यपूर्वको गन्तव्यसम्म…







