पोखरा, जेठ ३१
नेपाली भूमि सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी० प्रवेशको पोखरामा विरोध भएको छ । नेकपा (माओवादी० कास्की, राष्ट्रिय जनमोर्चा कास्की र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीले पोखरामा संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन् । पोखराको महेन्द्रपुलचोकमा आयोजना गरिउको कार्यक्रममा उनीहरुले प्लेकार्ड प्रदर्शन गर्नुका साथै नाराबाजी गरेर सुस्तामा एसएसबी प्रवेशको विरोध गरेका थिए ।
प्रदर्शनकारीले भारतीय विस्तारवाद मुर्दावाद, प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर, राष्ट्रिय स्वाधीनता रक्षा गरौँ, देशद्रोही बालेन सरकार मुर्दावाद, कठपुतली सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।
प्रदर्शनपछिको कोणसभामा बोल्दै नेकपा (माओवादी० कास्की सेक्रेटरी उमेश सीले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताए । देशको समृद्धिका लागि पनि राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्नुपर्छ,उनले भने, “प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति आउनु र सुस्तामा भारतीय हस्तक्षेप हुनु संयोगमात्र होइन, यो राष्ट्रघाती हस्तक्षेपको शृंखला हो ।” उनले सुस्ताका जनताले एसएसबीलाई लखेटेर उदाहरणीय कार्य गरेको बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कास्की अध्यक्ष रविमोहन ढकालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अभिव्यक्तिप्रति आपत्ती जनाए । संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले भारतको सीमा नेपालले मिचेको भनेर जे बोल्नुभयो त्यो सरासर गलत हो,उनले भने,यस्ता प्रधानमन्त्रीले देशको रक्षा गर्न सक्दैनन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कास्की सचिव विक्रम थापाले राष्ट्रवादीहरु एकीकृत हुनुपर्ने बताए । त्यसले मात्र राष्ट्रियता र स्वाधीनताको रक्षा हुने उनको भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, जेठ ३१ नेपाली भूमि सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी० प्रवेशको…







