पोखरा, असार १
गण्डकी प्रदेश सरकारले व्यवसायीक कृषिमा आकर्षित गर्नका लागि रिटर्न टु भिलेज अभियान सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८३÷८४को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले कृषिलाई व्यवसायीक कृषितर्फ आकर्षित गर्न सो अभियान सञ्चालन गरिने बताए । जसका लागि ४ करोड विनियोजन गरिएको उनले जानकारी दिए ।
मन्त्री शेरचनका अनुसार विनियोजित बजेट कृषिमा युवालाई आकर्षित गर्न, उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न ऋण, ब्याज अनुदान, न्यूनतम समर्थन मुल्य कार्यान्वयन र व्यवसाय प्रवद्र्धनका लागि खर्चिनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि…







