नेपाल परिवार नियोजन संघ कास्कीले शुरु गरेको यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान बिहीबार पोखरा १२ स्थित अमरसिंह नमूना माविमा संचालन गरिएको छ ।
सो विद्यालयमा आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका वडा नं १२ कार्यालयले सहयोग गरेको हो । कार्यवाहक वडा अध्यक्ष शान्ति कोइरालाले कार्यक्रम शुभारम्भ गरिन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइराला, प्रधानाध्यापक बलराम पोख्रेलले बोलेका थिए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु दाहाल, युवा संयोजक कृशा सिग्देल, वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टार्फ नर्स अनुषा भुजेल र कर्मचारी सुरज चौधरीले सहजिकरण गरे । संघ कास्कीका युवा संयोजक कृशा सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सभापति नवीन सिग्देलले स्वागत र वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले संचालन गरेका थिए ।
कास्कीका २४ वटा विद्यालय तथा कलेजमा संचालन गर्ने लक्ष्य सहित गत भदौ १७ गतेदेखि सुरु गरिएको अभियानको यो २१ औं कार्यक्रम भएको संस्थाले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको कन्चन क्यापिटल प्रा.लि.ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६८ युनिट रगत संकलन…







