पोखराको कन्चन क्यापिटल प्रा.लि.ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६८ युनिट रगत संकलन भएको छ ।
संस्थाको सातौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको पहिलो रक्तदाता रोमिका बुद्धाचार्यलाई ब्लड व्याग हस्तान्तरण गरि उद्घाटन गरिएको थियो । बुद्धाचार्यलाई कन्चन क्यापिटलका अध्यक्ष नितिन बज्राचार्यले ब्लड व्याग हस्तान्तरण गरेका थिए । अर्चलवोटस्थित कञ्चन डिपार्टमेण्टल स्टोर परिसरमा भएको कार्यक्रममा संस्थामा आवद्ध कर्मचारीसहित बिभिन्न व्यक्तिले रक्तदान गरेका थिए । संस्थाले विगत ४ बर्षदेखि बार्षिकोत्सवको अवसरमा नियमित रुपमा कार्यक्रम गर्दै आएको अध्यक्ष बज्राचार्यले बताए ।
पोखरामा रगत अभाव भईरहेका बेला सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम आयोजना गरिएको उनको भनाई थियो । प्रादेशिक रक्त संचार केन्द्र पोखराका प्राविधिक महेन्द्र केसीले हालका केही दिनदेखि पोखरामा रगत अभाव रहेको बताउँदै, दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने गरेको जानकारी दिए । कार्यक्रममा प्रादेशिक रक्त संचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो । संस्थाले यसअघि पनि मानवीय सेवाका बिभिन्न कार्य संचालन गरेको थियो ।
आफ्ना प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई केन्द्रित गरी कन्चन क्यापिटलले नेपाल मणिपाल शिक्षण अस्पतालसँग सम्झौंता गरी कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना लागु पनि गरेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको कन्चन क्यापिटल प्रा.लि.ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६८ युनिट रगत संकलन…







