तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
गाउँपालिका मातहत रहेका छ वटा वडामा रहेका ७८९ जना बालबालिकालाई १५ महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरेको हो । पाँच वर्ष मुनिका बालबालिका भएका घरको सर्वेक्षण गरी सबै खोप पूरा भए नभएको खोप कार्ड हेरिएको आँबुखैरेनी स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । उनले भने, “सर्वेक्षणका क्रममा आँबुखैरेनी बजारका चार जना भारतीय व्यापारीका छोराछोरीमा खोप पूरा नगरेको पाइएपछि आँबुखैरेनी अस्पतालमा ल्याई खोप लगाइएको थियो ।”
फागुन र चैत महिनामा नौ वटा स्वास्थ्य संस्थाका १६ जना स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहयोगमा घरधुरी सर्वेक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गर्न स्वास्थ्यकर्मी र स्वयंसेविका महिलाको भूमिका अतुलनीय रहेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । उक्त छवटै वडाका वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले बालबालिकाको रोग निवारण, उन्मुलन र रोकथामका लागि खोपको महत्वपूर्ण रहेको बताए ।
जिल्लाका १० वटै पालिका पूर्ण खोप घोषणा भइसकेको र छिट्टै सार्वजनिक गर्ने योजना रहेको छ । भौगोलिक विकटता र अज्ञानका कारण अझै पनि कतिपय स्थानमा बालबालिकालाई खोप लगाउन छुटेको हुनसक्छ त्यसतर्फ स्वास्थ्यकर्मी सचेत बन्न खोप अधिकृत अधिकारीले आग्रह गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयको व्यवस्थापन समितको अध्यक्षमा मनबहादुर…







