नेपाली काँग्रेस कास्कीले ४४ औं वीपी स्मृति दिवसका अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।
नेपाली काँग्रेस कास्कीको शुक्रबार बसेको बैठकले तीन दिनसम्म विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । साउन ४, ५ र ६ गते विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता, नीति निर्माण र सरसफाईसँग सम्वन्धित कार्यक्रम गरिने भएको छ । वक्तृत्वकला प्रतियोगिताका लागि युवराज कुँवर संयोजक र सदस्य भानु ढकाल, नवीन सिग्देल रहेको समिति गठन गरिएको छ । नीति निर्माण सम्वन्धि कार्यक्रमका लागि माईकल कर्माचार्य संयोजक र सदस्य बाबुराम गिरी, विकास थापा रहेको समिति गठन गरिएको छ ।
सरसफाई कार्यक्रमका लागि सुरेन्द्र अधिकारी संयोजक र सदस्य धनमाया गुरुङ, ई. सागर मोहन भट्टराई रहेको समिति गठन गरिएको छ ।बैठकले प्रजातन्त्र सेनानी नेत्रपाणी न्यौपाने, युवा नेता राजीव बास्तोला, रेशम बहादुर थापा र पोखरा महानगरपालिका वडा नं ३० वडा कार्यालयका सदस्य विनोद लामिछानेको आमाको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठक कास्की काँग्रेसका सभापति किशोर दत्त बरालको अध्यक्षतामा बसेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर…







