पोखरा महानगरले छुट्यायो खेलकुदका लागि केवल १ करोड बजेट


     एभरेस्ट आवाज    
     असार ५ गते २०८३ मा प्रकाशित




पोखरा, असार ५

पोखरा महानगरपालिकाले खेलकुदका लागि अत्यन्त न्यून बजेट विनियोजन गरेको छ । महानगरले शुक्रबार १९ औं नगरसभामा प्रस्तुत गरेको बजेटमा खेलकुदका लागि केवल ०.१४ प्रतिशत मात्रै बजेट विनियोजन गरेको हो ।

महानगरले समग्र खेल क्षेत्रका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै उपमेयर मञ्जुदेवी गुरुङले नगर क्षेत्रमा आयोजना हुने नगरस्तरीय, राष्ट्रिय, अन्र्तराष्ट्रि खेलकुद गतिविधिहरुमा साझेदारी गर्दै समग्र खेलकुदको विकासका लागि १ करोड विनियोजन गरेको बताईन् ।

बजेटमा विद्यालय तहदेखि विभिन्न विधामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने कार्यमा सघाउ पु¥याउन राष्ट्रपती रनिङशिल्ड प्रतियोगितालगायतका कार्यक्रमलाई निरन्तरता दिने पनि उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।