खेल पर्यटन प्रवद्र्धनका लागि छुट्टियो केवल ६६ लाख बजेट


     एभरेस्ट आवाज    
     असार ५ गते २०८३ मा प्रकाशित




पोखरा, असार ५

पोखरा महानगरपालिकाले खेल पर्यटन प्रवद्र्धनका लागि ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरपालिकाले शुक्रबार ल्याएको बजेटमा खेल पर्यटनका लागि सो बजेट विनियोजन गरेको उपमेयर मञ्जुदेवी गुरुङले बताईन् ।

यस अन्तर्गत राष्ट्रिय अन्र्तराष्ट्रिय ड्रागन बोट रेस, डुंगा दौड, क्रस कन्ट्री ट्रायथलन तथा प्याराग्लाईडिङ प्रतियोगिता, क्रिकेट, टेनिस, व्याडमिन्टन, फुटबल, ह्याण्डबल तथा ईन्डुरो रेस, साइकल टुर, रेस्लिङ, हवाई खेलकुद, प्रकृति पदयात्रा र हाइकिङ कार्यक्रम सञ्चालन गरिने गुरुङले उल्लेख गरिन् ।

यति धेरै कार्यक्रम गर्न छुट्टिएको ६६ लाख बजेट न्यून बजेट रहेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।