राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ ।
भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे । सो अवसरमा उनीहरुसँगै मञ्चमा रहेका बिभिन्न दलका नेताहरुले पनि एकै साथ घण्टी बजाएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउत सहभागी छन् । उद्घाटन सत्र सुरु हुँदै गर्दा वर्षा भए पनि समारोहमा मानिसहरुको उल्लेख्य उपस्थिति छ ।
उद्घाटन सत्रमा रास्वपाले केन्द्रीय पदाधिकारी र आमन्त्रीत नेताहरुलाई मञ्चमा आसन ग्रहण गराएको छ। सरकारका मन्त्री, सांसद र केन्द्रीय सदस्यहरुलाई तल दर्शकदिर्घाको अघिल्लो पंक्तिमा आसन ग्रहण गराइएको छ।तर पदाधिकारी नभए पनि गृहमन्त्री सुदन गुरुङ मञ्चमै बसे ।गृहमन्त्री गुरुङ प्रधानमन्त्री शाह र सभापति लामिछानेसँगै कार्यक्रमस्थल पुगेका थिए। सुरुआतमा उनी केहीबेर मञ्चमा उक्लने ठाउँमा उभिए। तर केहीबेर पछि उनी आफैले कुर्सी ताने र प्रधानमन्त्री बालेनको ठिक पछाडि राखेर बसे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ साझा चौतारीद्धारा आयोजित रक्तदान कार्यक्रमममा ५५ युनिट रगत संकलन…






