पोखरा महानगरपालिका वडा नं. २०, भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वडा कार्यालयले आयोजना गरेको शिविरबाट त्यस वडाका १ सय ५० बढीले स्वास्थ्य सेवा र परामर्श लिएका छन् । नेपाल मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा मुख्य गरी नाक, कान र घाँटी सम्बन्धि उपचार गरिएको वडा सदस्य गञ्जमान गुरुङले जानकारी दिए ।अस्पतालका डाक्टर सुजन गौतम,डा.दीपेन रानाभाटको नेतृत्वमा खट्टिएको विशेषज्ञसहितको टोलीले सहभागिको स्वास्थ्य जाँच गर्दै, आवश्यक औषधी र परामर्श दिएका थिए । वडाका बिभिन्न क्षेत्रबाट स्थानीयहरु शिविरमा सहभागि हुन आएका थिए । शिविरको उद्घाटन गर्दै वडाध्यक्ष गंगाबहादुर खत्रीले आधारभुत स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार भएको बताए ।
उनले स्थानीय स्तरमा प्रदान गरिने स्वास्थ्य सेवाले नागरिकको अधिकारलाई सुनिश्चित गरेको स्पष्ट पारे । वडा सदस्य गञ्जमान गुरुङले स्थानीय सरकार नागरिकका हरेक समस्यामा सँगै रहेको बताउँदै, आफुहरु निर्वाचित भएर आएपछि बिभिन्न सेवालाई नागरिकका घर घरमा पुर्याउने गरेको बताए । शिविरको व्यवस्थापन गरेका वडा सचिव रामप्रसाद तिवारी,भलाम स्वास्थ्य चौकीका प्रमुख विलासचन्द्र पौडेललगायतले जन स्वास्थ्यका विषयमा जानकारी गराएका थिए ।
सो शिविरमा प्राविधिक सहयोग गरेको मणिपाल शिक्षण अस्पतालले त्यस वडाका सेवाग्राहीलाई बहिरंग सेवामा ५०, विशेष परिक्षणमा २५ र १५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ८ कास्कीको मादी गाउँपालिकाले ६५ करोड बजेट ल्याएको छ…






